
मोरङ : बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालन भएको छ।
धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए।
सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ।
आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन्। बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबारदेखि उडान भर्ने कार्यालय प्रमुख सिंहको भनाई छ। रासस