दाङ : जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ। भूमिसुधार अधिकारी टीकाराम ढकाल चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो। सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ।
प्रमुखको जिम्मेवारी निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले सम्हाल्दै आएका छन् । तर उनले आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाको फैसलासमेत हुननसकेको बताए।
प्रमुख नहुँदा मोही र जग्गाधनीको बीचमा मिलापत्र हुननसकेको, मोही नामसारी, मोहीको लगतकट्टा गरिपाउँ भन्दै परेका उजुरी सम्बोधन हुनसकेका छैनन्।
साथै कार्यालयमा मोही सम्बन्धी विभिन्न निवेदन परे पनि ती निवेदनको टुंगो लाग्न सकेको छैन। रासस