PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

राजेन्द्र महतोले भने-निर्वाचनको सकारात्मक वातावरण बन्दैछ



रासस

राजेन्द्र महतोले भने-निर्वाचनको सकारात्मक वातावरण बन्दैछ

धनुषाः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन्। 

धनुषामा पत्रकारहरुसँग कुरा गर्दै महतोले मधेसका समस्या समाधानका लागि भदौ ५ गते व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधनका पक्षमा मतदान गर्न सवै दललाई आग्रह गरे।

उनले मधेसका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि २६ अर्बको माग गरेकामा सरकारले एक अर्ब निकासा गरेको बताए। उनले राहत सम्बन्धित जिल्लामा पुग्न नसकेको र राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell