PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रपति र तीन दलका शीर्ष नेताबीच छलफल : संविधान संशोधनदेखि प्रमको भारत भ्रमणमा केन्द्रीत



आकाश क्षेत्री

राष्ट्रपति र तीन दलका शीर्ष नेताबीच छलफल : संविधान संशोधनदेखि प्रमको भारत भ्रमणमा केन्द्रीत
फोटो : प्रकाश दाहालको फेसबुक

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ। राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुबीच संविधान संशोधन, निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले पहिलोपोस्टलार्इ भने, ‘राष्ट्रपति र तीन दलदका शीर्ष नेताबीच संविधान संशोधनदेखि निर्वाचनसम्म र बाढी पीडितका विभिन्न विषयहरु छलफलमा उठान गरिएका छन्।’

पुडासैनीका अनुसार त्यसक्रममा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बारेमा समेत छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै प्रमुख तीन दलका शीर्ष नेताहरु रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए। 

प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell