PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

राष्ट्रसंघका महासचिवले भने-सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ



रासस

राष्ट्रसंघका महासचिवले भने-सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ
फोटो श्रोतः un.org

संयुक्त राष्टसंघ :  संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन्। 

अन्तर्राष्टिय मानवता दिवसको अवसरमा सन्देश दिंदै महासचिव गुटेरेशले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो भएको बताए।

युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीहरुको ज्यान जाने गरेको छ। 

यस्ता क्रियाकलापलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न उनले विश्व समुदायलाई आग्रह गरेका छन्।युद्धको चपेटामा परेका दशौँ लाख नागरिक अहिले पनि गास, बासलगायतका आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरुलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्य बाहेक अरु केही नभएको उनले बताए।

द्वन्द्वका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु अन्तर्राष्टिय मानवता सम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त भएको कुरा सबैले बुझ्नुपर्नेमा उनको भनाई थियो। रासस/ सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell