PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

आज किन मौसममा फेरबदल ? यस्तो छ कारण 



रासस

आज किन मौसममा फेरबदल ? यस्तो छ कारण 

काठमाडौँः मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए। 

उनकाअनुसार भारतको उडिसा राज्य र उत्तर–पश्चिम बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको कारण पनि नेपालको मौसममा प्रभाव पारेको छ। 

अहिले देशभर बदली र मध्य भेगमा वर्षा रहेको र यो क्रम आइतबार पनि जारी रहने मौसमविद् पौडेलको भनाइ छ। साँझपख देशका अन्य स्थानमा पनि सामान्य वर्षा हुनेछ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सबै भन्दाबढी ताप्लेजुङमा ४० र सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ। 

विराटनगरमा १३, पोखरामा २१, जुम्लामा ११, वीरेन्द्रनगरमा १० र दिपायलमा १२ मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको अधिकतम ३१ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell