PahiloPost

Jun 24, 2026 | १० असार २०८३

झलनाथ खनालकाे आग्रहः भारतमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहा गरियोस्



रासस

झलनाथ खनालकाे आग्रहः भारतमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहा गरियोस्

इलाम :  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले भारतमा पक्राउ परेका नेपाली युवाको तत्काल रिहाइको माग गरेका छन्।

आमाको उपचारका लागि भारत गएका इलामको सूर्योदय नगरपालिका १० का २७ वर्षीय उदयहाङ फागोलाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेका हुन्।

खनालले फागोको रिहाइका लागि पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग टेलिफोनमा कुरा गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

भारतको केन्द्रीय सरकार र सम्बन्धित अधिकारीसँग कुराकानी गरी रिहाइको प्रयत्न गर्ने राजदूत उपाध्यायले आश्वासन दिएका पनि भट्टराईले बताएका छन्।

आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell