PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

भारतसँग के कुरा गर्ने, के नगर्नेः पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिँदै देउवा



पहिलोपोस्ट

भारतसँग के कुरा गर्ने, के नगर्नेः पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिँदै देउवा

काठमाडौंः  आफ्नो भारत भ्रमणबारे सुझाब तथा सल्लाहका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। 

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठान गर्ने विषयकाबारेमा सुझाव लिन लागेका हुन्। पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझावका लागि आज साँझ प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।  

भारत भ्रमणका योजनाबारे जानकारी गराउन र आवश्यक सल्लाह सुझावका लागि प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका स्रोतले बतायो।  

यसअघि प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विभिन्न विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु आज शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।

संविधान संशोधन, निर्वाचन र समसामयिक राजनीतिक विषय र प्रधानमन्त्रीको भारत भ्रमण शीतलनिवासको छलफलका मुख्य विषय थिए।  प्रधानमन्त्री देउवा भदौ सात गते भारत भ्रमणमा जाँदैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell