PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौंको शान्तिनगरबाट सिक्री लुटेरा पक्राउ



पहिलोपोस्ट

काठमाडौंको शान्तिनगरबाट सिक्री लुटेरा पक्राउ

काठमाडौंः काठमाडौंमा पैदलयात्रीको सिक्री लुटपाट गर्दै हिंड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित बागमती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटपाट गर्ने  कैलालीको धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दीपक हमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

 सडकमा हिँडिरहेकी काठमाडौैं सुविधानगर बस्ने कैलालीको हसनपुर–८ की ३१ वर्षीया रोशनी अवस्थीलाई आँखामा खुर्सानीको धुलो हाली घाँटीमा लगाएको साढे एक तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेको बेला  प्रहरीले हमाललाई पक्राउ गरेको हो।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell