PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझावः भारत भ्रमणमा सीमाका बाँधकाबारेमा कुरा उठाउनुस्



रासस

प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझावः भारत भ्रमणमा सीमाका बाँधकाबारेमा कुरा उठाउनुस्

काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श गरेका छन्। प्रधानमन्त्री देउवाले  बालुवाटारमा शनिबार पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गरेका हुन्। 

नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए। 

खनालले भने,‘अहिलेको सबैभन्दा महत्वपूर्ण समस्या भनेको नेपालमा पछिल्लोपटक भएको भारी वर्षाका कारण तराईमा भएको डुबान हो, मानवीय र धनजनको क्षति भयो, त्यसको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू हुन् , त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ, भन्ने बारेमा राम्रोसँग छलफल भयो।’ 

नेपालका विभिन्न उत्पादनलाई भारतसँग सहजरूपमा पुर्याउन पहल गर्नेबारे समेत छलफल भएको उनको भनाइ थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell