PahiloPost

Jun 24, 2026 | १० असार २०८३

संविधान संशोधनमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय समावेश गर्न राप्रपाको माग



रासस

 संविधान संशोधनमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय समावेश गर्न राप्रपाको माग

हेटौँडा :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनसम्बन्धी विधेयकमा संसद्मा आइतबारदेखि हुने बहसमा हिन्दु राष्ट्र पुनःस्थापनाको विषय पनि प्रवेश गराउन माग गरेका छन्। 

शनिबार हेटौंडामा अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले वर्तमान सरकार मधेस समस्या समाधानमा उदासीन रहेको, भ्रष्टाचार बढाउँदै लगेको तथा आत्मसमर्पणवादी हुँदै गइरहेको आरोप लगाए। 

अध्यक्ष थापाले राप्रपाले यही भदौदेखि आगामी कात्तिकसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने र आमजनतालाई देशको समसामयिक परिस्थिति बताउँदै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताको विषयमा जागरुक गराउने, हिन्दुराष्ट्र पुनःस्थापनाको विषय जनतामा लाने तथा भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्ने जानकारी दिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell