PahiloPost

Nov 9, 2025 | २४ कात्तिक २०८२

प्रकाशचन्द्र लोहनी चढेको गाडीलाई ट्रकले ठक्कर दियो



रासस

प्रकाशचन्द्र लोहनी चढेको गाडीलाई ट्रकले ठक्कर दियो

काठमाडौँ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी आज घाइते भएका छन्। 

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जाने क्रममा उनको सवारी साधनलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए। 

अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरिरहेका छन्। प्रहरीले उनी सवार कारलाई ठक्कर दिने ट्रक नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell