PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

पोखरीमा डुबेर लहानमा बालकको मृत्यु



पहिलोपोस्ट

लहान: पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ।

घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो।

राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

यसैगरी अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडित परिवारलाई शनिबार साँझ सामूहिक भोजन गराइएको छ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बाढीबाट विस्थापित भएका तिलाठी कोइलाडी गाउँपालिकाका एक हजार ४०५ जना बाढीपीडितलाई भोजन गराएको हो।

गाउँमै मेस सञ्चालन गरी बाढीपीडितलाई खाना खुवाइएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले जानकारी दिए। यसअघि पनि कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सप्तरीको हनुमाननगर कंकालनीमाई नगरपालिका– ११ इनरुवाका ५०० बाढीपीडित परिवारलाई चिउरा, भुजिया र मिनरल वाटर लगायतका राहत वितरण गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell