
- नरहरि पौड्याल
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवा खेल्ने, खेलाउने कार्यमा सलग्न करिव आधादर्जन जुवाखालमा छापामारी प्रहरीले त्यसमा संग्लग्नलाई जुवा ऐनअन्तर्गत कारवाही सुरु गरिएकाे छ।
साउन ३० गते पहिलोपटक पोखरा लेखनाथ नगरपालिकाको महेन्द्रपुलस्थित भुपेन्द्र भट्टचनको घरको पाचौं तलामा सञ्चालित जुवा अखडामा प्रहरीले छापा मारेको थियो।
प्रहरीले भट्टचनको घरबाट ८ जना जुवाडेसहित १० लाख ६५ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको थियो। त्यसैगरी पोखरा ७ रत्नचोकस्थित भुपु खाजा घरमा जुवा खेलिरहेका १० जनासहित ६ बुक तास, नगद ५७ हजार ६ सय १० रुपैयाँ बरामद गरेको थियो।
त्यस्तै, प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ फुलबारीबाट सात जना जुवाडेसहित नगद १ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ बरामद गरेको छ।
त्यसैगरी प्रहरीले शुक्रवार पोखरा लेखनाथ महानगरपालिका १० घलेचोकमा जुवा खेल्दै गरेका ८ जनालाई प्रक्राउ गरेको थियो। रन्जु श्रेष्ठको घरमा डेरा गरी बस्ने मीनबहादुर थापाको कोठामा जुवातास खेल्दै गरेका ८ जनासहित २९ हजार ९ सय ४५ रुपैयाँ प्रहरीले बरामद गरेको थियो।
विभिन्न जुवा अखडामा छापा मारी प्रहरीले झण्डै १५ लाख रुपैयाँ सहित ४० जुवाडेलाई पक्राउ गरेको छ। कास्की प्रहरीले अवैध जुवालाई निर्मुल पारेपछि पोखरामा गुण्डागर्दी तह लगाउने बताएको छ।