मोरङ : उर्लाबारीमा जंगली हात्तीले दुई घरमा आक्रमण गर्दा १२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार गएराति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो।
थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले धिमालको घर पनि भत्काएको थियो। हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ। रासस