PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

आइएसद्वारा रसियामा भएको चक्कु आक्रमणको दावी



रासस

आइएसद्वारा रसियामा भएको चक्कु आक्रमणको दावी
फोटो श्रोतः xinhuanet.com

लेवनान :  रसियामा शनिबार आठ जना घाइते हुनेगरी गरिएको छुरा प्रहारको इश्लामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको छ। आइएस समूहको प्रोपोगाण्डा गर्ने निकायले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो। 

आइएसको अमाक न्यूज एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, रसियाको सुरगुत सहरमा आइएस लडाकूले आक्रमण गरेको जनाउदै आक्रमणका क्रममा मृत्यु हुने लडाकू आफ्नो सेना भएको दावी गरेको छ। 


शनिबार एक व्यक्तिले आफनो छेउबाट हिँडिरहेका आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको थियो। आक्रमणकारीको प्रहरी कारबाहीका क्रममा गोली लागि मृत्यु भएको थियो। 

उक्त समूहले स्पेनमा बिहीबार १४ जनाको ज्यान लिने गरी गरेको आक्रमणको पनि यसअघि जिम्मा लिइसकेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell