
गौशाला : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन्।
जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर मन्त्री पोखरेलले बाढीबाट जिल्लामा ४० हजार घरपरिवार प्रभावित भएकाले सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन्।
मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन सुझाव दिए।
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्षलगायतका स्थलगत निरीक्षणपश्चात् उनले चाँडै यस अस्पतालको शय्या थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
महोत्तरी जिल्ला अस्पताल अहिले २५ शय्याको भएपनि चिकित्सकभने दुईरतीन जना मात्रै छन्। रासस