PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुचना प्रविधिमा विद्यार्थीलाई प्रोत्साहन गर्न वेवसाइट प्रतियोगिता



पहिलोपोस्ट

सुचना प्रविधिमा विद्यार्थीलाई प्रोत्साहन गर्न वेवसाइट प्रतियोगिता

काठमाडौं : एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै लाईफ कम्प्यूटर आयोजना गरेको वेवसाइट प्रतियोगिता रिज्वान अम्हाद उत्कृष्ट घोषित भएका छन्।

२०७३ मा एसइइ दिएका कूल ६३ विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

पहिलो चरणबाट १७ प्रतिस्पर्धीलाई अन्तिम चरणमा छनोट गरेर पुन: प्रतिस्पर्धा गराइएको थियो। त्यसमध्येबाट रिव्वान अम्हादले उत्कृष्ट हुँदै एक थान ल्यापटप प्राप्त गरेका हुन्।

यसबाहके अन्तिम १७ मा परेका अन्य प्रतिस्पर्धीले प्रमाणपत्र र पेनड्राइभ प्राप्त गरे।

सुचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न तथा विद्यार्थीमा रहेका प्रतिभा र क्षमतालाई बाहिर ल्याउनका लागि यस खालको प्रतियोगिता शुरु गरेको लाईफ कम्प्यूटरका प्रबन्ध निर्देशक रमेश पोखरेलले बताए।

उनले यो नयाँ सुरुवात भएको र आगामी वर्षमा अझै परिष्कृत गर्दै लैजाने र निरन्तरता दिने बताए।

कस्मिक मिडिया प्रालिसँगको सहकार्यमा लाईफ कम्पुटरले पहिलो पटक यस्तो खालको कार्यक्रम गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell