PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो



रासस

कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २ सय पुग्यो
फोटो श्रोतः chronicles.com

कंगो :  कंगोमा भीषण पहिरो गएको छ। पहिरोमा परी कम्तीमा पनि २०० जनाको मृत्यु भएको छ। 

गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ। 

कंगोका उपगभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो। 

कम्तीमा पनि १०० घरका नागरिकले पहिरोमा ज्यान गुमाएका छन्। अरु हजारौँ घर परिवार विस्थापित भएका छन्। 

एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो। शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी यहाँ पुगेका छन्। उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन्। 

कंगोमा आन्तरिक द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट ज्यान जाने नागरिकको संख्या बढ्दो छ। पछिल्लो समयमा यहाँ निकै धेरै नागरिकले ज्यान गुमाइरहेका बताइएको छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell