PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

प्रमुख निर्वाचन आयुक्तले भने-तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ



रासस

प्रमुख निर्वाचन आयुक्तले भने-तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ

धनुषा : प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेस केन्द्रीत दलसँग रहेका ६ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

जनकपुरमा जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने बताए। 

उनले आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी दिए। 

दुई नम्बर प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी दिंदै यादवले प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell