PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए



रासस

प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन्। 

प्रधानमन्त्री देउवाको नेतृत्वमा जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ। मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री छन्। 

मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरु सबै नेकपा माओवादी केन्द्रकातर्फबाट प्रतिनिधित्व गर्छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका छन्। सपथपछि नवनियुक्त राज्यमन्त्रीलाई माला र खादालगाएर प्रधानमन्त्री देउवाले स्वागत अभिवादन गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell