PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

यसरी पक्राउ परे बैंकिङ कसूरका ११ अाराेपी



रासस

यसरी पक्राउ परे बैंकिङ कसूरका ११ अाराेपी

काठमाडौँ  : नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने/दिने कार्य गरी बैंकलाई १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकमा कार्यरत पाँच कर्मचारी र छ जना ऋणीलाई पक्राउ गरेको हो। उनीहरुलाई भदौ २ गते पक्राउ गरी इप्रका धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद थप गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको व्युरोले जनाएको छ। 

पक्राउ पर्नेमा नेपाल बैंक लिमिटेड धरान शाखाका तत्कालीन सहायक शाखा प्रबन्धक रामकिशोर मेहता, सहायक शाखा प्रबन्धक शंकर न्यौपाने, खजान्ची होमबहादुर भट्टराई, सानुबाबु श्रेष्ठ र नेपाल बैंक लिमिटेड विराटनगरका शाखा प्रबन्धक पुष्पराज घिमिरे छन्। 

ऋणीहरुमा भोजपुर जिल्ला सिद्धेश्वर घर भई हाल धरान नगरपालिका बस्ने वर्ष ३१ को ज्ञानेन्द्र पुरकुटी, सुनसरी धरानका सन्जित रसाइली, सन्तोष रसाइली, सुनिल विक, इटहरीका माधव रिसाल र सुनसरी प्रकाशपुरका लालबहादुर विक छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell