PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

प्रिमियर लिग : नवप्रवेशी हडल्शफिल्ड टाउनको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रिमियर लिग : नवप्रवेशी हडल्शफिल्ड टाउनको लगातार दोस्रो जित

नवप्रवेशी हडल्शफिल्ड टाउनले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ।

घरेलू मैदानमा आरोन मोएले गरेको एक मात्र गोलको मद्दतमा हडल्शफिल्डले आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई १-० ले पराजित गरेको हो।

घरेलु मैदानमा हडल्शफिल्डका लागि गोल गर्ने मोए पहिलो खेलाडी समेत बनेका छन्। उनले ५०औँ मिनेटमा गरेको गोल नै हडल्शफिल्डलाई ३ अंक दिलाउन पर्याप्त भयो।

पहिलो खेलमा हडल्शफिल्डले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा ३-० ले हराउँदै प्रिमियर लिगमा शानदार शुरुवात गरेको थियो। यस सिजन लगातार दुई खेल जित्नेमा म्यानचेष्टर युनाइटेड, वेष्टब्रोम र हडल्शफिल्ड रहेका छन्।

यता हडल्शफिल्डसँगै यसै सिजन प्रिमियर लिगमा बढुवा भएको न्यूकासल युनाइटेडको यो लगातार दोस्रो हार हो। न्यूकासल पहिलो खेलमा टोटनहमसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell