PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रिमियर लिग : अलोन्सोको दुई गोल, लण्डन डर्बीमा टोटनहमाथि चेल्सीको जित



पहिलोपोस्ट

प्रिमियर लिग : अलोन्सोको दुई गोल, लण्डन डर्बीमा टोटनहमाथि चेल्सीको जित

मार्कोस अलोन्सोले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन चेल्सीले लण्डन डर्बीमा टोटनहमलाई पराजित गरेको छ।

यस सिजनको पहिलो जित हात पार्ने क्रममा चेल्सीले टोटनहमलाई २-१ ले हरायो। चेल्सीका लागि अलोन्सोले दुवै गोल गरे। टोटनहमका लागि पनि चेल्सीकै खेलाडीले आत्मघाती गोल गरे।

भ्रमणकारी टोली चेल्सीको लागि अलोन्सोले २५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। घरेलु मैदानमा गोल फर्काउन संघर्षरत टोटनहमका लागि चेल्सीकै मिच बात्सुईले आत्मघती गोल उपहार दिएपछि ८२औँ मिनेटमा टोटनहमले बराबरी गर्न सफल भएको थियो।

तर खेल सकिन दुई मिनेट अगाडी अलोन्सोले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले सिजनको पहिलो जित हात पार्‍यो। चेल्सी पहिलो खेलमै बर्नलेसँग पराजित भएको थियो।

गत सिजनको उपविजेता टोटनहमको भने यो पहिलो हार हो। पहिलो खेलमा टोटनहमले न्युकासल युनाइटेडलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell