PahiloPost

May 14, 2025 | १ जेठ २०८२

डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद्‍ सिंहदरबारमा सरुवा

डिआइजी नवराज सिलवालको राष्ट्रिय सुरक्षा परिषद्‍ सिंहदरबारमा सरुवा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आफूसँगैको ब्याचका सहकर्मीहरु आइजी र एआइजी भइसक्दा नवराज सिलवालको भने डिआइजीका रुपमा राष्ट्रिय सुरक्षा परिषद्‍मा सरुवा भएको छ। 

डिआइजीबाट आइजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी रहेका नवराज सिलवालको सर्वोच्चमा मुद्दा चलिरहेको छ। बृहत् पूर्ण इजलासमा उनको मुद्दाको अर्को पेशी भदौ १५ गते तोकिएको छ।  

वरिष्ठताको क्रममा रहे पनि सिलवाललाई एआइजीमा बढुवा गरिएको थिएन।  प्रतिस्पर्धामा रहेका मध्ये एक प्रकाश अर्याल अहिले आइजी छन् भने बमबहादुर भण्डारी सिआइडी, चन्द रानीपोखरीमा एआइजीका रुपमा पदस्थापन भएका हुन्।  

सिलवालको भने जुनियर डिआइजीहरुसँगै साउन ३२ गतेको निर्णय अनुसार सुदीप आचार्य सरुवा भएर खाली भएको ठाउँमा सरुवा भएको हो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell