PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दुई किलो सुनसहित नेपालगन्जमा तीनजना पक्राउ



पहिलोपोस्ट

दुई किलो सुनसहित नेपालगन्जमा तीनजना पक्राउ

नेपालगन्ज: नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट प्रहरीले करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

सुराकीको आधारमा शनिबार राति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो।

क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell