PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

बैंकिङ कसूरको आरोपमा वाणिज्य बैंकको कर्मचारी पक्राउ



पहिलोपोस्ट

बैंकिङ कसूरको आरोपमा वाणिज्य बैंकको कर्मचारी पक्राउ

गौशाला: बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।

पक्राउ परेका टेक्निसियन साह जलेश्वर शाखामा टेक्निसियनका रुपमा सेवाग्राहीको हस्ताक्षर व्यवस्थापन शाखामा हस्ताक्षर पठाउने काम गर्दै आएका बेला बर्दिबास शाखाबाट नक्कली हस्ताक्षर प्रयोग गरी त्यहाँ कार्यरत दुई जना कर्मचारीले एक सेवाग्राहीको रु २० लाख रकम झिकेर हिनामिना गरेको आरोपमा दोषी रहेको भन्दै पक्राउ गरिएको प्रहरी उपरीक्षक कठायतले बताए।

प्रहरी उपरीक्षक कठायतका अनुसार यसअघि साउनको अन्तिम साता रावा बैंक बर्दिवासमा कार्यरत वरिष्ठ सहायकद्वय बर्दिवास नपा–८ बस्ने ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलाञ्चोकको धुलिखेल नपा– ११ बस्ने ३५ वर्षीय अम्बिका पौडेललाई पक्राउ गरिएको थियो।

यसअघि पक्राउ परेका रावा बैंकका कर्मचारीद्वयले बर्दिवास शाखामा महोत्तरीको साँढा– २ घर भई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा रहेको वचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेको आरोप रहेको छ।

त्यस्तै उनीहरुले नक्कली चेककै प्रयोग गरी सर्लाही जिल्लाको लालबन्दीस्थित रावा बैंकबाट रु पाँच लाख र सिरहाको मिर्चैयास्थित रावा बैंकबाट रु १५ लाख निकालेको प्रहरीले जनाएको छ। उनीहरुले बद्नियतपूर्वक तरिकाबाट आफ्नो खाताबाट रकम झिकेको भन्दै इन्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो। घटनामा दोषी रहेको आरोपमा रावा बैंक जलेश्वरका टेक्निसियन साह पनि पक्राउ परेका हुन्।

साउन अन्तिम साता पक्राउ परेका दुवै जना कर्मचारीले आफूसहित यस कार्यमा अन्य पाँच जना कर्मचारी पनि संलग्न रहेको बयान दिएका थिए। ती दुवै जनामाथि बैंकिक कसूरमा मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएकै बेला थप एक जना टेक्निसियन पक्राउ परेको र उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell