PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रेस सेन्टरले गर्‍यो उजिर मगरलाई कारबाही



पहिलोपोस्ट

प्रेस सेन्टरले गर्‍यो उजिर मगरलाई कारबाही

काठमाडौँ: नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले पत्रकार महासंघको जारी महाधिवेशनमा अध्यक्षका उम्मेदवार उजिर मगरलाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। संगठनको निर्णय विपरीत बागी उम्मेदवार बनेको भन्दै सेन्टरले मगरलाई कारबाही गरेको महासचिव विष्णु सापकोटाले जारी गरेको विज्ञतिमा उल्लेख छ।

सेन्टरले महासचिवमा निर्वाचित भएपछि उनले गरेका काम, कारबाही र कार्यशैलीका कारण संगठनलाई क्षति समेत पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ। सेन्टरले सबै मतदातालाई आधिकारिक उम्मेदवार गोविन्द आचार्यको प्यानललाई मतदान गर्न पनि अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell