PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

संविधान संशोधन विधेयकमा आज मतदान, ‘प्रस्ताव असफल हुने करिव निश्चित’



पहिलोपोस्ट

संविधान संशोधन विधेयकमा आज मतदान, ‘प्रस्ताव असफल हुने करिव निश्चित’

काठमाडौँ: संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आज निर्णयार्थ पेस हुँदैछ। प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम आइतबार सकिएको छ। सोमबार संशोधन छलफलमा भाग लिन चाहने सांसदलाई समय दिइनेछ। दफाबार छलफल सकिएपछि विधेयकलाई मतदान प्रक्रियामा लगिनेछ।

संसद् सचिवालयले विधेयकलाई आज निर्णयार्थ पेस गर्ने तयारी गरेको छ। मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस हुनेछन्। संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो गरिनेछ। मत विभाजन माग भएमा संशोधन प्रस्तावमा पनि लवी विभाजन हुनेछ।

मूल विधेयकको छिनोफानो भने लवी विभाजनबाट हुनेछ। लवी विभाजन विधेयक पक्ष र विपक्षमा हुनेछ।

हालसम्मको समीकरण अनुसार विधेयक पारित हुनका लागि आवश्यक संख्या सत्तारुढ दलसँग छैन। राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकले समेत साथ दिएको अवस्थामा विधेयकको पक्षमा बढीमा ३७७ मत देखिएको छ।

प्रतिपक्ष मोर्चामा आवद्ध दलको १९७ मत छ। राप्रपाले पनि विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। राप्रपाको निर्णयपछि विधेयकको विपक्षमा दुई सयभन्दा बढी मत हुने देखिएको छ।

संसद्मा हाल ५९२ सांसद् छन्। जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ। ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell