PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

एनएमए पदाधिकारीको १५ दिनपछि शपथ



पहिलोपोस्ट

एनएमए पदाधिकारीको १५ दिनपछि शपथ

काठमाडौं : नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि शपथ ग्रहण गरेका छन्।  नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई आइतबार शपथ गराएका हुन्।

नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले एनएमएको गरिमालाई थप उचो बनाउन निर्वाचनका बेला गरिएका प्रतिबद्धता शत्प्रतिशत कार्यान्वयन गर्ने बताए।

निर्वाचन सम्पन्न भएको केही दिनमै अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचन धाँधली भएको भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिएपछि विवादले निर्वाचित पदाधिकारीहरुको शपथ कार्यक्रम रोकिएको थियो।

उजुरीउपर प्रशासनले चार सदस्यीय छानबिन समिति गठन गरी एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनेको थियो  समितिले भदौ २ गते प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो।

प्रतिवेदनमा सङ्घको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको र बदर हुन नसक्ने भन्दै फैसला गरेपछि शपथ भएको हो।

गत साउन २१ गते भएको एनएमएको निर्वाचनले अध्यक्ष पदाधिकारीसहित १५ जनाको कार्यसमिति निर्वाचित गरेको थियो। जसमा अध्यक्ष लामा, उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने विजयी भएको थियो।

त्यसैगरी, सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell