PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

सियरालियोनमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुग्यो



रासस

सियरालियोनमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुग्यो
फोटो श्रोतः thefrontierpost.com

फ्रिटाउन :  सियरा लियोनमा अगस्त १४ गते परेको भीषण वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको छ। बाढीपहिरोमा परी अझै ६५० वेपत्ता भइरहेका बताइएको छ। 

मृतकमध्ये १६३ पुरुष, १६२ जना महिला, ७० बालक र ८६ बालिका तथा १८ जना अन्य रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

बाढी पहिरोका कारण दुई हजार नागरिक घरवार विहीन बनेका छन्। सियरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले मुलुकभर सात दिन शोकको घोषणा गरेका छन्। 

चीन तथा घाना तथा अन्य देशबाट मानवीय सहयोगका विभिन्न समूह घटनास्थल पुगेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell