PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

संविधान संशोधन : राप्रपाका दुई निर्णय, पहिला पक्ष अहिले विपक्षमा



रमेश वाग्ले

संविधान संशोधन :  राप्रपाका दुई निर्णय, पहिला पक्ष अहिले विपक्षमा
फाइल फोटो

काठमाडौंः  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि बसेको राप्रपा संसदलीय दलको बैठकले संविधान संशोधनका विपक्षमा जाने निर्णय गरेको हो।

गत बैसाख ४ मा संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत हुनु अघि राप्रपा संसदीय दलले नैं संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। संशोधनका पक्षमा उभिने निर्णय गरेको त्यही राप्रपाको संसदीय दललले आज आफ्नै ‘पुरानो निर्णय’ विपरित अर्को निर्णय गरेको हो।

‘बैसाखमा संसदीय दलले संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो’ राप्रपा सांसद तथा प्रवक्तासमेत रहेका सुशीलकुमार श्रेष्ठले भने, ‘यसबीचमा विभिन्न राजनीतिक घटनाक्रम पनि भए। त्यसैले हेटौंडामा बसेको केन्द्रीय कार्यसमितिले संशोधनको विपक्षमा मत हाल्ने निर्देशन अनुसार आज संसदीय दलले आफ्नो निर्णय मार्फत विपक्षमा मत हाल्न ह्वीप जारी गरेको हो।’

यसअघि राप्रपा विभाजन हुनु अघि बसेको राप्रपा केन्द्रीय समिति तथा संसदीय दलको बैठकलेसमेत संसदमा विचाराधिन संविधान संशोधन विधेयकका पक्षमा उभिने निर्णय गरेको थियो।

चार दिन लामो केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयकमा समर्थन गर्दै निर्वाचनका लागि वातावरण बनाउने घोषणा गरेका थिए।

‘संविधान संशोधनका विषयमा पार्टीमा रहेका‘मिस अन्डर्स्ट्याण्डीङ’हटाएको छ,’ संसदीय दलको नेतासमेत रहेका अध्यक्ष कमल थापाले भनेका थिए,‘अब सिंगो पार्टी संविधान संशोधनका पक्षमा उभिने छ।’ 

विगतको विपक्ष अहिलेको पक्ष
बैशाख ४ मा संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गर्न लाग्दा विपक्षमा रहेको राणा समूह भने अहिले संविधान संशोधनको पक्षमा छ।

उसले बैशाख ४ मा संसदमा निर्णयार्थ प्रस्तुत गर्न लाग्दा‘गायव’ भएका राप्रपा सांसदहरु सबै अहिले राणा पक्षमा छन्। त्यस वेला सांसदहरु‘गायव’ बनाएको आरोप एकीकृत राप्रपा राष्ट्रवादी गठन गरेका डा प्रकाशचन्द्र लोहनीलाई लागेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell