PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

शाहरुख खानले देलान् त गोपीकृष्ण मुभिजलाई राहत रकम?



पहिलोपोस्ट

शाहरुख खानले देलान् त गोपीकृष्ण मुभिजलाई राहत रकम?

भारतिय फिल्म बिक्रेताहरुलाई 'जब ह्यारी मेट सेजल'मा भएको आर्थिक नोक्सानको ५० प्रतिशत रकम निर्माताले फिर्ता गर्ने खबर सार्वजनिक भैरहँदा नेपाली डिस्ट्रिब्युटरलाई पनि पैसा दिने भएका छन्। फिल्म 'जब ह्यारी मेट सेजल'मा शाहरुखको स्टारडम र अनुष्काको पढ्दो फ्यान फलोइङका कारण नेपालका लागि डिस्ट्रिब्युटर रहेको गोपीकृष्ण मुभिजले पनि राम्रै अपेक्षा गरेको थियो। तर नतिजा फरक पर्यो। फिल्म असफल ठहरियो।

गोपीकृष्ण मुभिजका तर्फबाट डिस्ट्र्ब्युसन हेड निरज पौडेलले भने,'रेड चिल्लिजले हाम्रो व्यवसायिक नोक्सान बारे जानकारी चाहेको छ।' उनले गोपीकृष्णले फिल्मको आर्थिक नोक्शान बारे डिटेल पठाउने तयारी गरेको जनाए। पौडेलले करिव एक करोड घाटा भएको बताएका छन्। प्रोडक्शन कम्पनीले पचास लाखभन्दा बढी रकम फिर्ता गर्ने उनको अनुमान रहेको छ।

यसअघि शाहरुख खानको फिल्म अशोका र पहेलीले बक्सअफिसमा राम्रो प्रदर्शन नगरेपछि रेड चिल्लिजले राहत रकम दिएको पौडेलले प्रस्ट पारे। यसपटक पनि रेड चिल्लिजले इमेलमार्फत जानकारी मागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell