PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

भारतीय रेल सेवाका चार उच्च अधिकारी निलम्बित, दुर्घटनामा जिम्मेवार रहेको आरोप



रासस

भारतीय रेल सेवाका चार उच्च अधिकारी निलम्बित, दुर्घटनामा जिम्मेवार रहेको आरोप
फोटो श्रोतः ndtv.com

नयाँदिल्ली  :  भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको छ। निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि छन्।

उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरुको लापरवाही देखिएको ठहर गर्दै निलम्बन गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। रेलमार्गमा रेल रोकिएर यात्रु उतार्ने क्रममा शनिबार अपराह्न रेल दुर्घटनाग्रस्त भएको थियो।

रेलले लिग छोडेर बाहिर निस्किएको र अर्को रेलको डिब्बामा गएर ठोक्किएको थियो। भारतको राजधानी नयाँदिल्लीबाट झण्डै १०० किलोमिटर टाढा पर्ने मुजफ्फरनगर जिल्लामा दुर्घटना भएको हो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell