
मनिला : दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीले गरेका आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले गाउँलेमाथि आक्रमण गरेका थिए।ती बन्दुधारीहरुले गाउँलेलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिएका छन्।
आक्रमणमा कुन समूहको हात रहेको भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ। रासस/सिन्ह्वा