PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

चित्रबहादुर केसीको प्रश्नः प्रधानमन्त्री बन्ने बितिक्कै भारत जानैपर्छ र ?  



पहिलोपोस्ट

चित्रबहादुर केसीको प्रश्नः प्रधानमन्त्री बन्ने बितिक्कै भारत जानैपर्छ र ?  

काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री बन्ने बितिक्कै किन भारत जानुपर्ने बाध्यता रहेको भनी प्रश्न गरेका छन्।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै केसीले भदौ सात गते भारत भम्रणमा जाँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवालार्इ देश अप्ठ्यारोमा परेका बेला भारत किन जान लागेको भन्ने प्रश्न गरेका हुन्। 

नेपालमा नयाँ प्रधानमन्त्री चयन हुने वित्तिकै भारत जानै पर्ने बाध्यताले ‘के नेपाल स्वतन्त्र राष्ट्र हो र ?’ भन्ने प्रश्न उव्जाएको केसीले बताए।
केसीले प्रश्न गरे, ‘नेपालको प्रधानमन्त्री बन्ने बितिक्कै भारतलार्इ प्रमाणपत्र किन बुझाउनु पर्छ?’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell