PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

साफ यू-१५ च्याम्पियनसिप : नेपाल एक खेल अगावै सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

साफ यू-१५ च्याम्पियनसिप : नेपाल एक खेल अगावै सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : घरेलु टोली नेपाल र भारत साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। यता लगातार दोस्रो हारपछि माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ।

समूह ए अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ६-० ले हराएपछि नेपाल भारतसँग खेल्नुअघि नै अन्तिम चारमा पुगेको हो। माल्दिभ्स पहिलो खेलमा पनि भारतसँग हारेको थियो।

नेपालको जितमा बिर्जेश चौधरीले २ तथा कप्तान रोसन राना मगर, रोसन दोङ, दर्शन गुरुङ र आकाश बुढा मगरले १-१ गोल गरे। ८७ औँ मिनेटमा रोसन दोङले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि नेपाल दश खेलाडीमा झरेको थियो।

अब नेपाल र भारतबीचको खेल समूह ए को विजेता र उपविजेताको लागि हुनेछ।

यसअघि नै समूह ए बाट बंगलादेश र भुटान सेमिफाइनल पुगिसकेका छन् भने श्रीलंका बाहिरिसकेको छ।

जितपछि खुशी देखिएका नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले अझै ठुलो अन्तरले जित्न चाहेको तर दबाबका कारण सम्भव नभएको बताए। ‘हामी धेरै गोल गर्नेतर्फ सोचिरहेका थियौँ जसले गर्दा खेलाडीमा दबाब बढ्यो र गोलअन्तर कम भयो।‘

‘अब भारतसँगको खेल हाज जस्तो सजिलो हुने छैन। हामी राम्रो नतिजाको लागि गल्तीकमजोरी सुधार गर्नुपर्छ।‘

यता लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएपछि माल्दिभ्सका परशिक्षक मोहमेद साजलीले नेपालको प्रशंसा गर्दै असली खेल भारत विरुद्ध हुने प्रतिक्रिया दिए।

'निश्चय नै नेपाली टिम उत्कृष्ट थियो। तर असली खेल भारत विरुद्ध देखिनेछ।'

पहिलो खेलमा माल्दिभ्स भारतसँग ९-० ले हारेपछि प्रशिक्षक मोहमेदले भारतका खेलाडीको उमेरमाथि नै प्रश्न उठाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell