
नयाँदिल्ली : भारतीय पूर्वी राज्य विहारमा बाढीका कारण मृत्यु हुनेको संख्या २५३ पुगेको छ। बाढीका कारण विहारका थप इलाका पनि डुबानमा परेका जनाइएको छ।
अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन्। विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण प्रभावितको संख्या बढेको हो।
बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि कटान भएको छ। त्यसैगरी २० हजार झुपडी बाढीले बगाएको छ। रासस/सिन्ह्वा