PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

विद्युत प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता



रासस

काठमाडौँ :  नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ। 

प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धककातर्फबाट भरतबहादुर खत्रीले  सम्झौतामा हस्ताक्षर गरेका हुन्।

इलाम जिल्लामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४.९६ मेगावाट छ । सम्झौतानुसार हिउँदमा ८.४० र वर्षाकालमा ४.८० प्रतियुनिटका दरले प्राधिकरणले विद्युत् खरिद गर्नेछ। आयोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। 

प्रतिमेगावाट १८ करोड लागत रहेको आयोजनाको कुल लागत ९० करोड रहने छ। तीस करोड शेयर लगानी र बाँकी ६० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणबाट ऋण लिइने छ।

आगामी एक वर्षभित्र ५० प्रतिशत निर्माण गरी स्थानीय बासिन्दा र नागरिकका लागि शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखिएको प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक भरतबहादुर खत्रीले जानकारी दिए  रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell