PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी, पदाधिकारीमा गठबन्धनको 'क्लिनस्वीप'



पहिलोपोस्ट

पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी, पदाधिकारीमा गठबन्धनको 'क्लिनस्वीप'

काठमाडौँ: नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी निकट संगठन प्रेस युनियन र प्रेस सेन्टरका तर्फबाट उम्मेदवार बनेका आचार्य ७३२ मत ल्याई विजयी भएका छन्। एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको समर्थनमा उम्मेदवार बनेका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरेका छन्। 

अधिकांश पदाधिकारीमा गठबन्धन नै विजयी भएको छ। उपाध्यक्षमा खुल्लातर्फ विपुल पोख्रेल विजयी भएका छन्। यस्तै, उपाध्यक्ष समावेशीमा दिलीप थापा मगर विजयी भएका छन्। भने, महासचिवमा रमेश विष्ट विजयी भएका छन्। 

सचिवमा खुल्लातर्फ रामप्रसाद दाहाल र महिलामा लक्ष्मी पुन विजयी भएका छन्। आदिवासी जनजाति तर्फको सचिवमा उदय जीएम, मधेशीतर्फ शीतल महतो र दलितमा रेम बहादुर विश्वकर्मा विजयी भएका छन्। 

कोषाध्यक्षमा राजेश मिश्र विजयी भएका छन्। लेखा समिति संयोजकमा रोशन पुरी तथा सदस्यमा भुपेन्द्र आचार्य र मीरा राजभण्डारी विजयी भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell