
बाँके : बाँकेमा सडकको छेउमा सुतिरहेका एकजना बाढीपीडितको ट्याक्टरले किचेर मृत्यु भएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार ट्र्याक्टरले किचेको थियो।
घाइते मुराउको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आज मृत्यु भएको हो। उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो। रासस