PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी र एभरटनले खेल बराबरी, दुई खेलाडीलाई रातो कार्ड



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी र एभरटनले खेल बराबरी, दुई खेलाडीलाई रातो कार्ड
फोटो : डेली मेल

प्रिमियर लग अन्तर्गत गएराती भएको खेल मात्र खेलमा म्यानचेष्टर सिटी र एभरटनले बराबरी खेल्दै १-१ अंक बाँडेका छन्।

सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने दुवै टोलीले दश-दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए।

वायन रुनीले ३५औँ मिनेटमा गोल गर्दै भ्रमणकारी टोली एभरटनलाई पहिले अग्रता दिलाएका थिए। एक गोलले पछि परेको सिटीका लागि पहिलो हाफको अन्त्यमा केल वाल्करले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि अर्को झड्का लाग्यो।

तर खेल सकिन ८ मिनेट अगाडि रहिम स्टर्लिङले गोल गरेपछि सिटी एरटनसँग अंक खोस्न सफल भएको हो। ८८औँ मिनेटमा मोर्गन सेन्डरलाइन दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिएपछि एभरटन दश खेलाडीमा झरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell