PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

हाइटेन्सन बिजुलीको तार घरमा खस्दा झापामा तीन जना गम्भीर घाइते



रासस

हाइटेन्सन बिजुलीको तार घरमा खस्दा झापामा तीन जना गम्भीर घाइते

दमक :  झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ। 

करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ। आज बिहान पोलमाथिको तार स्थानीय चन्द्र काफ्लेको घरमा खस्दा चन्द्र काफ्ले, उनकी श्रीमती राधिका र छोरी दमन्ता गम्भीर घाइते भएका हुन्। 

करेन्ट लागेर गम्भीर घाइते तीनैजनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। करेन्ट लागेर काफ्लेका दुईवटा चौपायासमेत मरेका छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell