PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बार्सिलोनामा १४० मुश्लिम सङ्घसंस्थाद्वारा आतङ्कवाद विरोधी कार्यक्रममा सहभागिता



रासस

बार्सिलोनामा १४० मुश्लिम सङ्घसंस्थाद्वारा आतङ्कवाद विरोधी कार्यक्रममा सहभागिता
फोटो श्रोतः voanews.com

स्पेन :  विश्वभरबाट स्पेन आइ बसोबास गर्दै आएका १४० मुसलमान सङ्घसंगठनले बार्सिलोना र क्याम्ब्रिल्समा भएका आतङ्कवादी आक्रमणपछि सोमबार बार्सिलोनामा आयोजित कार्यक्रममा यस्ता अवाञ्छित गतिविधिमा आफ्नो सम्लग्नता नरहेको प्रतिक्रिया दिएका छन्। 

स्पेनी सहरहरूमा भएका यी दुई आक्रमणमा परी सोमबार थप एक जनाको मृत्युभएसँगै घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ।

आइविएन बाटुटा प्रतिष्ठानले बार्सिलोना र वरपर कार्यरत १४३ विभिन्न समूहले कार्यक्रममा सहभागिता जनाएका बताएको छ। 

कार्यक्रममा सहभागीमध्ये मोरोक्को, पाकिस्तानलगायतका मुलुक तथा बहुसंस्कृतिवादी मुश्लिम युवा सङ्गठन, मस्जिदका प्रतिनिधि, र अन्य सांस्कृतिक तथा राजनीतिक समूहहरू रहेका छन्। 

कार्यक्रम आतङ्कवादविरुद्ध मुसलमान समुदाय भन्ने नाराका साथ आयोजना भएको थियो। कार्यक्रमका सहभागी क्याटालन क्षेत्रीय सरकार तथा बार्सिलोनाका स्थानीय अधिकारीले आयोजना गरेको हामी डराएका छैनौ भन्ने नारा लगाउँदै सहरका विभिन्न भागमा प्रदर्शन गरिएको थियो। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell