PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'जोनी जेन्टलम्यान'को ट्रेलरमा रियल लाइफ जोडी पल र आँचलको रिल रोमान्स



पहिलोपोस्ट

'जोनी जेन्टलम्यान'को ट्रेलरमा रियल लाइफ जोडी पल र आँचलको रिल रोमान्स

काठमाडौं: फिल्म 'जोनी जेन्टलम्यान'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा एक्शन र रोमान्स केन्द्रमा छ। मुख्य कलाकार पल शाह र आँचल शर्माको फिचरिङ देख्न सकिन्छ। भदौ ३० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचार प्रसार तिब्र बनाउँदा ट्रेलर सार्वजनिक गरेको हो।

यसअघि प्रचारका लागि युनिट मोफसल यात्रामा निस्किएको थियो। रिभेन्ज लभस्टोरीमा मुख्य पात्र जोनीको व्यवहारिक परिवर्तनसँगै आँचलसँगको प्रेम कथा मुख्य विषय हो। युट्युबमा नेपाली सर्ट फिल्मका लागि चर्चामा रहेको योर स्टाइलको यो पहिलो फिचर फिल्म हो। नितिन चन्द निर्देशित फिल्मलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन्।

नितिन चन्दको निर्देशन रहेको ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ।

हेर्नुस् ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell