
ललितपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई समृद्धिका लागि भ्रष्टाचार रोक्नु आवश्यक रहेको बताएका छन्।
गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भ्रष्टाचारका कारण समाजमा विकृति बढ्दै गएको र राजनीतिक क्षेत्रमासमेत अस्थिरता आएको बताए।
उनले राजनीति तथा पार्टीप्रति राम्रो आस्था बनाउन राजनीतिकर्मीले सही व्यवहार गर्नुपर्ने बताए। ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्न नै कांग्रेसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गरेको पौडेलले बताए।रासस