
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ।
अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यस्तै, चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपाल सरकारले हस्ताक्षर गरिसकेको अवस्थाका बारेमासमेत कुराकानी भएको बताइएको छ। रासस