PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

राप्रपाका १८ सांसदलाई कारबाही गरिने



पहिलोपोस्ट

राप्रपाका १८ सांसदलाई कारबाही गरिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी ह्विप उल्लंघन गर्ने १८ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। आज बिहान बसेको आकस्मिक केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।  

राप्रपाले सोमवार व्यवस्थापिका संसदमा संविधान संशोधनको विपक्षमा भोट गर्न संसदहरुलाई ह्विप जारी गरेको थियो। ह्विप जारी गरिए पनि सोमवार १८ सांसद अनुपस्थित थिए। अनुपस्थित १८ सांसदलाई नै पार्टीको नियमअनुरुप कारबाही गर्ने र तीन दिन भित्र प्रतिवेदन बुझाउन पाटीको अनुशासन समितिलाई निर्देशन दिएको राप्रपका सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

सोमवार अनुपस्थित नभएका सांसदहरु राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठनको नेता पशुपतिशम्शेर जबराको पक्षमा रहेका हुन्। त्यस्तै बैठकले भदौ ११ गते काठमाडौं उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ। 



















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell