PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

जापानले बाढीपीडितका लागि आपत्कालीन सहायता गर्ने



रासस

जापानले बाढीपीडितका लागि आपत्कालीन सहायता गर्ने

काठमाडौँ :  जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ। 

नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ।

आपत्कालीन सहायता सामग्री जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध हुनेछ। 

दूतावासका अनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell