PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अख्तियारद्वारा सबइन्जियिरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर



रासस

अख्तियारद्वारा सबइन्जियिरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सबइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। 

जिल्ला शिक्षा कार्यालय उदयपुरमा सबइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ।

त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको नक्कली एवं झुटा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै आयोगले अभियुक्त यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell